पूर्वपश्चिम राजमार्ग २४ घण्टाका लागि बन्द


 



नवलपरासी, साउन ३२
नवलपरासीको दाउन्नेमा बाढीका कारण भत्किएको सडक मर्मत गर्नुपर्ने भएकाले पूर्व–पश्चिम राजमार्ग २४ घण्टाका लागि सडक बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले सडक मर्मतका लागि भन्दै मंगलबार राति १० बजेदेखि बुधबार राति १० बजेसम्मका लागि सडक बन्द गराएको जनाएको छ ।

दाउन्नेमा पहिरो भत्किएपछि यसअघि साना सवारी साधन मात्रै आवतजावत भइरहेका थिए। ठूला सवारी साधन भने पूर्ण रुपमा ठप्प थिए।
सडक नै बन्द भएपछि यात्रु मारमा परेका छन् ।

प्रकाशित मिति: ३२ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्