दुई सडकखण्ड अवरुद्ध, यी चार ठाउँमा अावतजावत ठप्प


 


हेटौँडा, साउन २८

हेटौँडा–कुलेखानी सडकखण्डअन्तर्गत पर्ने सिस्नेरीको रामचन्द्र भञ्ज्याङ र मदन भण्डारी राजमार्गअन्तर्गत फाखेल सडकखण्डको सुकौरामा शुक्रबार राति परेको वर्षाले पहिरो गई हेटौँडा–काठमाडौँ यातायात सेवा अवरुद्ध भएको छ ।

कुलेखानी–काठमाडौँ र फाखेल–काठमाडौँ सडकखण्ड अवरुद्ध भएकाले बिहानदेखि भैँसेस्थित त्रिभुवन राजपथबाट काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरी हेटौँडाबाट गएका यातायातका साधन चिसापानीगढीबाट फर्काई भीमफेदी हुँदै भैँसेतर्फ लगिएको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाईंले जानकारी दिनुभयो । वीरगञ्ज, जनकपुर, चन्द्रनिगाहपुर र हेटौँडा गरी दैनिक करिब ७५० सुमो जिप हेटौँडा,कुलेखानी हुँदै काठमाडौँ जाने गर्छन् । रासस

प्रकाशित मिति: २८ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्