सुन थप पाँच सय रुपैयाँले महंगियो


 



काठमाडौं, साउन २७
आज सुन एकै दिन थप पाँच सय रुपैयाँले महंगिएको छ । हिजो मात्रै तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको सुनको मूल्य आज थप पाँच सय रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला ५५ हजार ४ सय पुगेको छ । विहीबार सुन ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । दई दिनमा सुन एक हजार रुपैयाँले महंगिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्