नेपाली फुटबल टोली अाज जापान जाँदै


 



काठमाडौं, साउन २७

आगामी सेप्टेम्बरमा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज जापान जाँदैछ ।

एसियन कप छनोट अन्तर्गत सेप्टेमबरमा ताजिकिस्तान विरुद्ध हुने खेलको तयारीका लागि नेपली टोली जापान भ्रमणमा जान लागेको हो । टोलीलौ विहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै शुभकामनासहित विदाई गरेको छ ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिएका थिए ।

नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजी र नेपालका लागि जापानी राजदूतावासको पहलमा टोली जापान जान लागेको हो । चौबीस सदस्यीय नेपाली टोलीको कप्तानको भूमिका अनिल गुरुङले गर्नेछन् । दश दिने भ्रमणमा जाने टोलीले जापानमा विभिन्न पाच टीमसंग मैत्रीपूर्ण खेल खेल्नेछ ।

जापान जाने टोलीका प्राय खेलाडी एएफसी एसियन कप छनोट अन्तर्गत यमन विरुद्ध खेलेका खेलाडी नै छन् । गोलकिपर किरण चेम्जोङ र रोहित चन्द विदेशमा लिग खेलिरहेकाले जापान जाने टोलीमा समावेश छैनन् ।

नेपाली टोलीमा गोलकिपर विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने, डिफेण्डर विराज महर्जन, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, मान बहादुर तामाङ, दीनेश राजवंशी साथै मिडफिल्डर विक्रम लामा, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, हेमन्त थापा मगर, सुनिल बाल जाने छन् । फरवार्डमा अनिल गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्ती मगर, सुमन लामा छन् । टिममा प्रशिक्षकसहित अन्य थप ६ जना पनि समावेश छन् ।

जापानमा पहिलो खेल अगस्ट १२ गते गाम्बा ओसाकाको २३ वर्षमुनिको टोलीसँग हुनेछ । नेपालले १६ अगस्टमा क्वानसेइ गाक्विन युनिभर्सिटीसँग खेल्ने छ । १७ अगस्टमा अमिटिज स्पोर्टस् क्लबसँग र अगस्ट १८ मा हानन युनिभर्सिटी तथा १९ अगस्टमा भिसेल कोब को १८ वर्षमुनिको टोलीसँग खेल्नेछ ।

प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्