अब चक्काजाम गरे कडा कारबाही, यस्तो बन्यो नयाँ एेन


 


काठमाडौं, साउन २७
अब आफ्ना मागहरु राख्दै चक्काजाम गर्नेलाई कडा कारबाहीको व्यवस्था गरिको छ। नयाँ मुलुकी अपराध संहिताले राजमार्ग बन्द वा चक्काजामलाई अपराध मान्दै कठोर सजायको व्यवस्था गरेको हो ।

बुधबारको संसद बैठकले बन्द र चक्काजामलाई कानुनी रुपमै कसुरजन्य अपराध मानेर तीन वर्षसम्म कैद सजाय हुनसक्ने प्रावधान पारित गरेको छ ।

मुलुकी अपराध संहिता विधेयक २०७४ को दफा ६७ मा यस्तो व्यवस्था गरिएको छ । दफा ६७ को उपदफा (१) मा कसैले सार्वजनिक सडक, बाटो घाटो, रज्जुमार्ग, केवुलकार मार्ग, विमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग वा हूलाक र कुनै सार्वजनिक सेवाको सञ्चालनमा कुनै किसिमको डर, त्रास, भय देखाई बन्द गर्न वा कुनै किसिमबाट सार्वजनिक सडक, बाटो घाटो, रज्जुमार्ग, केवुलकार मार्ग, विमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग अवरुद्ध गरी पैदल यात्री, सवारी साधन वा पशुको आवागमनलाई बाधा र्पुयाउन वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेशले बाहेक सार्वजनिक ठाउँमा कसैलाई प्रवेश गर्न कुनै किसिमले बाधा, अवरोध गर्न हुँदैन भनिएको छ ।

यो ऐन आगामी वर्ष भदौ १ गतेदेखि मात्र लागू हुनेछ।

प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्