३१ जिल्लाका सिडिओको सरुवा, को कहाँ पुुगे ? (हेर्नुहोस् सूचि)


 


काठमाडौँ, साउन २६

गृह मन्त्रालयले आज ३१ प्रजिअको सरुवा गरेको छ । मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका १० र द्वितीय श्रेणीका २१ प्रजिअको काज सरुवा गरेको हो ।

सोअनुसार केदारनाथ शर्मा काठमाडौँ, विनोदप्रकाश सिंह पर्सा, ऋषिराम तिवारी झापा, रामप्रसाद आचार्य मोरङ, श्यामप्रसाद भण्डारी धादिङ, बाबुराम श्रेष्ठ महोत्तरी, भागीरथ पाण्डे सप्तरी र महेश आचार्य स्याङ्जाको प्रजिअमा सरुवा हुनुभएको छ ।

यसैगरी कृष्णबहादुर कटुवाल राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशकमा र वीरेन्द्रकुमार यादव गृह मन्त्रालयमा सरुवा हुनुभएको छ ।

त्यस्तै जनकराज पन्त ओखलढुंगा, भुपेन्द्र थापा सोलुखुम्बु, डा. कृष्णबहादुर घिमिरे प्यूठान, लक्ष्मण विक्रम थापा दोलखा र हिरादेवी पौडेलको रसुवा सरुवा भएको छ ।

यहाँ क्लिक गर्नुहोस् को कहाँ पुगे सूचि

प्रकाशित मिति: २६ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्