सुनको मूल्य एकै दिन पाँच सय रुपैयाँले बढ्यो


 


काठमाडौं, साउन २६
तीनदेखि उकालो लागेको सुनको मूल्य आज थप उकालो लागेको छ ।

आज सुन तोलामा पाँच सय रुपैयाँ बढेर ५४ हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो (बुधबार) सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला सात सय ५० रुपैयाँ पुगेको छ । हिजो भने चाँदी प्रतितोला सात सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २६ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्