निजी स्वार्थ पूरा गर्न पेट्रोलपम्प सञ्चालक फेरि हडतालमा, यस्ता छन् माग


 



काठमाडौं, साउन २६
निजी स्वार्थ पूरा गर्न पेट्रोलपम्प सञ्चालकले आज (विहिबार)देखि देशभर हडताल सुरु गरेका छन् । आयल निगमबाट तोकिएभन्दा कम तेल पाइरहेको दाबी गर्दै पम्प सञ्चालकले उपभोक्तालाई दुःख दिने गरी हडताल सुरु गरेका हुन्। आजको नयाँ पत्रिकामा खबर छ ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अगुवाइमा बिहीबारदेखि देशभरका २ हजार १ सयभन्दा बढी पम्पले निगमको डिपोबाट पेट्रोल नउठाउने बताएका छन्।

व्यवसायीहरुले आजदेखि देशभर रहेका निगमको डिपोबाट पेट्रोल खरिद नगरिने बताएका छन् । शीघ्र समस्या समाधान नभए देशभरका पेट्रोलपम्पबाट २९ गतेदेखि पेट्रोल र डिजेल खरिद नै नगर्ने जनाएका छन् ।

के–के छन् माग ?
– पम्प परिसरबाट बिक्री हुने इन्धनको परिमाण निगमले दिएकोजति नै हुनुपर्ने वा कम हुन जाने परिमाण निगमले व्यहोनुपर्ने।
– इन्धनको परिमाण गुणस्तर तथा नापतौल विभागले प्रमाणित गरिदिनुपर्ने ।
– बजार अनुगमनका क्रममा सिल दुरुस्त हुँदाहँुदै नोजलबाट घटीबढी तेल आए कारबाही नगरी छाड्ने र तुरुन्त क्याब्रिलेसनको व्यवस्था मिलाउनुपर्ने ।

– सबै पम्पले निगमको डिपोमा लोड भएका ट्यांकरबाट तेल पाउनुपर्ने ।
– पम्पसञ्चालकले धरौटीबापत राख्ने रकमबाट वाणिज्य बैंकले दिनेसरहको ब्याज पाउनुपर्ने ।

प्रकाशित मिति: २६ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्