डा भट्टराई अस्पतालबाट डिस्चार्ज


 


भक्तपुर, साउन २५

मूत्रथैलीको शल्यक्रिया गरी विगत छ दिनदेखि अस्पतालमा रहनुभएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई आज घर फर्किनुभएको छ ।

डा भट्टराईको भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा गत शुक्रबार मूत्रथैलीको शल्यक्रिया गरिएको थियो । उहाँको उपचारमा ८५ हजार खर्च भएको अस्पताल प्रशासनले जनाएको छ ।

आज अस्पतालबाट घर फर्किनेक्रममा डा भट्टराईले स्वदेशमै पनि स्तरीय स्वास्थ्य सेवा लिन सकिने भन्दै उपचारका नाममा विदेश धाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: २५ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्