७.० म्याग्च्यिुडको भूकम्प
बेएजिङ (चीन), साउन २४
चीनको सिचुवान प्रान्तमा ७.० मयाग्च्यिुडको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र (सिइएनसी)ले जनाएको छ ।
स्थानीय समय अनुसार मङ्गलबार साँझ ९ः १५ बजेको समयमा गएको भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ ।
भूकम्पको केन्द्रबिन्दु ३३.२ डिग्री उत्तरी अक्षांश र १०३.२ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सिइएनसीले जनाएको छ ।
भूकम्पबाट उक्त क्षेत्रमा भएको क्षतिबारे समाचार तयार पार्दासम्म केही जनाइएको छैन ।
प्रकाशित मिति: २५ श्रावण २०७४, बुधबार