तिब्बत एअरलाईन्सको चेङदु-काठमाण्डौं सिधा उडान शुरु


 


काठमाडौं, साउन २५
तिब्बतको ल्हासा स्थित तिब्बत एअरलाईन्सले मंगलबारदेखि चेङदु–काठमाडौं सिधा उडान शुरु गरेको छ ।

प्रारम्भिक उडान नम्बर टिभी ९८९९ चीनको चेङदु सुनाग्लीउ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बेलुका ६ बजेर १६ मिनेटमा प्रस्थान गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बेलुका ७ बजेर १५ मिनेटमा अवतरण हुने छ ।

फर्कने उडान टिभी ९९०० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलुका ७ बजेर २५ मिनेटमा प्रस्थानगरि चेङदुको विमानस्थलमा अर्को दिन बिहान १२ बजेर ५० मिनेटमा अवतरण हुने छ ।

शुरुमा साताका चार दिन, प्रत्येक सोमबार, मंगलबार, बिहीबार र शानिबार उडान गर्नेछ । तिब्बत एअरलाईन्सले ८ वटा विजनेश क्लास र १ सय २० वटा इकोनोमी क्लास गरी जम्मा १२८ सिट भएको एअरबस ए९३१९ विमानबाट सेवा प्रदान गर्ने जनाएको छ ।

तिब्बत एअरलाईन्सले नेपालमा यात्रुहरुको सिट आरक्षण गर्न र टिकट बेच्न तथा कार्गो ढुवानी गर्नको लागी हिमालय एअरलाईन्स प्रालिलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको छ ।

ल्हासा, गोनगार एअरपोर्ट, तिब्बत, चीनमा अबस्थित तिब्वत एअरलाईन्सले आफ्नो उडान २६ जुलाई २०११ मा शुरु गरेको हो । कम्पनीले चीनभित्र आन्तरिक उडानहरु गर्दै आईरहेको थियो ।

प्रकाशित मिति: २५ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्