जारको पानीमा बेइमानी : हेर्नुहोस् कम्पनीको यस्तो लापरबाही


 


काठमाडौं, साउन २५

काठमाडौंको जारको पानी भरिने स्थानमा प्रशस्तै अखाद्य सामाग्रीहरु भेटिएको पाइएको छ । सरकारी निकायबाट अनुसन्धानका क्रममा यस्तो अवस्था पाइएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

पानी उत्पादन हुने क्षेत्रहरु नै प्रदुषित, खुला र अनुपयुक्त भएको भेटिएको हो ।

पानी उत्पादन गर्ने कम्पनीहरुले मेसिनरी अपडेट नगरेको, कार्वन फिल्टर र पाइप लाइन सफा नगरेको समेत भेटिएको छ । यो अवस्थाले गर्दा किटाणुहरु पानीमा परी रोगहरुले आक्रमण गर्न सक्ने खतरा दिन प्रतिदिन बढ्दै गएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्