राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो, लगायो गम्भीर आरोप(विज्ञप्तिसहित)


 



काठमाडौं, साउन २४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी फुटेपछि आज बसेको पहिलो बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाउँदै समर्थन फिर्ता लिएको जनाएको छ ।

साथै शेरबहादुर देउवा नेतृत्वको सरकार मधेस समस्या समाधान गर्न उदासिन भएको राष्ट्रिय एकता दिवस मनाउन गरेको आग्रहलाई उपेक्षा गरेको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको र आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित भएको आरोप राप्रपाले जनएको छ ।

नेपाललाई हिन्दु राष्ट्र बन्न नदिने षड्यन्त्र अनुसार आफ्नो पार्टी फुटाएको राप्रपा पनि देउवा सरकारमाथि लगाइएको छ । राष्ट्रवादी एवं हिन्दुराष्ट्र पक्षधर शक्ति बलियो भएको देख्न नचाहने राष्ट्रिय, अन्तराष्ट्रिय गिरोह, शक्ति केन्द्रहरुले धेरै अघिदेखि योजनावद्ध ढंगबाट राप्रपा र यसको नेतृत्वविरुद्ध प्रहार गरेका थिए’ राप्रपाले भनेको छ, ‘पार्टी विभाजन त्यही श्रृखलाको पछिल्लो कडी हो ।’

केही दिनअघि मात्रै वरिष्ठ नेता पशुपतिशम्शेर राणाले पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका छन् । राप्रपा अध्यक्ष थापाले राणा समूहमा ४० प्रतिशत केन्द्रीय सदस्यको नभएको दाबी गरेका छन् ।

उनले राणा समूहले निर्वाचन आयोगमा बुझाएको ६४ जनाको हस्ताक्षरमध्ये ७ जना केन्द्रीय सदस्य नै नभएको र केहीको कीर्ते हस्ताक्षर रहेको दाबी गरेका छन् ।

राप्रपाले पार्टी विभाजनका लागि निर्वाचन आयोगमा दिइएको निवेदनमा ४० प्रतिशत केन्द्रीय सदस्यको समर्थन नरहेको भन्दै अबिलम्ब खारेज गर्न आयोगलाई अनुरोध समेत गरेको पछ ।

विज्ञप्ति:

प्रकाशित मिति: २४ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्