जिल्ला समन्वय समिति भोजपुरकोे निर्वाचन साउन २९ गते, को-को छन् आकांक्षी ?


 


भोजपुर, साउन २४

जिल्ला समन्वय समिति भोजपुरकोे निर्वाचन आगामी साउन २९ गते हुने भएको छ । एक प्रमुख, एक उपप्रमुख, तीन महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यकसहित ९ सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचनका लागि साउन २९ गतेका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको हो ।

समन्वय समितिको सभापतिमा नेकपा (एमाले) बाट सविना राई र लक्ष्मण खड्काको चर्चा छ भने नेपाली काँग्रेसबाट विश्वनाथ पराजुली, डम्बर श्रेष्ठले दाबी गरिरहेका छन् ।

उम्मेदवारहरुले मनोनयन दर्ता २७ गते गर्नुपर्नेछ । निर्वाचनमा नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख १८ जनाले मतदान गर्न पाउने भएका छन् ।

जिससका लागि मतदातामा नेकपा (एमाले) बाट नौ, नेपाली काग्रेसका पाँच र नेकपा (माओवादी केन्द्र) का चारजना रहेका छन् ।

प्रकाशित मिति: २४ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्