मौसमको सूचना अब बेलुनबाट !
काठमाडौं, साउन २४
यथार्थ मौसमी सूचना अद्यावधिक गर्ने सरोकारवाला निकाय र सर्वसाधारणलाई सम्प्रेषण गर्न अब नेपाली आकाशमा बेलुन उड्ने भएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
वायुमण्डलबाट पनि मौसमी सूचना अद्यावधिक गर्न विशेष प्रकारको बेलुन उडाउने तयारी गरिएको हो ।
‘रेडियोसोन्ड’ जडान गरिएको बेलुनले आगामी तीन महिना पछि वायुमण्डलबाट मौसमी गतिविधि नियाल्ने जनाएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्रिवि परिसर किर्तिपुरको ‘रेडियोसोन्स स्टेसन’बाट उडाइने बेलुनले अधिकतम ३० किलोमिटर उचाइसम्मको मौसमी सूचना संकलन गर्न सघाउ पुर्याउने विभागका अधिकारीहरुले जनाएका छन् ।
प्रकाशित मिति: २४ श्रावण २०७४, मंगलबार