राप्रपाले १९ नेतालार्इ कारबाही गर्यो, को-को परे ?


 


काठमाडौँ, साउन २३

राष्ट्रिय प्रजातन्त्र पार्टीले सो पार्टी विभाजनमा भूमिका निर्वाह गरेका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी १९ जनालाई कारबाही गरेको छ ।

यहाँ आज आयोजित केन्द्रीय समितिको बैठकले दीपक बोहरा, सुनिलबहादुर थापा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, प्रवीण चाम्लिङ, किरण गिरी, वृन्दा गिरी, सगुनसुन्दर लावती, रेशमबहादुर लामा, पदमबहादुर बस्नेत, राजेन्द्रप्रसाद श्रेष्ठ, विष्णुविक्रम थापा, गिरिधर परियार, विन्दु पहाडी, दीपककुमार राई, प्रदीपकुमार राई, बिराजबहादुर विष्ट, वविना मोक्तान लावती र राज्यलक्ष्मी श्रेष्ठलाई कारबाही गरेको हो ।

उहाँहरुलाई आगामी छ वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा धूम्रबराहीस्थित केन्द्रीय कार्यालयमा आज बसेको बैठकले एकता अधिवेशन भएको छ महिनाभित्र पार्टी विभाजन हुनु दुःखद र दुर्भाग्यपूर्ण रहेको निष्कर्ष निकालेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

पार्टी नेता तथा कार्यकर्तालाई विचलित नभईकन बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणमा जुट्न बैठकले आग्रह गरेको छ ।

प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्