प्रहरीको ‘ईन्काउन्टर’मा ललितपुरमा एक युवकको मृत्यु


 




काठमाडौं, साउन  २३

 ललितपुर महानगरपालिका–१३ बस्ने प्रवीण खत्रीको प्रहरीको ‘ईन्काउन्टर’मा मृत्यु भएको छ।

आगूऔषध कारोबारी भएको र हतियार रहेको भन्ने आशंकामा उनको घरमा पुगेको प्रहरीलाई देखेपछि गाेली चलाएका प्रवीणमाथि प्रहरीले जवाफी कारबाही गर्दा उनलाई गाेली लागेको हाे ।

गाेली लागेर घाइते भएका खत्रीलाई उपचारको लागि पाटन अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको थियो ।

उनको साथबाट प्रहरीले दुईवटा पेस्तोल पनि फेला पारेको छ । खत्रीसंग हतियार रहेको रहेको भन्ने सुराकीको आधारमा प्रहरी टोली खत्रीको घर पुगेको थियो ।

प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्