आज चन्द्रग्रहण, कुन राशीलाई शुभ, कुनलाई अशुभ ?


 


काठमाडौं, साउन २३

अाज यस वर्षकाे पहिलो चन्द्रग्रहण आज लाग्दैछ । सूर्य, पृथ्वी र चन्द्रमा समान रेखामा परेर चन्द्रमामा पृथ्वीको छायाँ पर्न जाने खगोलीय प्रक्रिया नै चन्द्रग्रहण हो ।

नेपालमा सोमबार राति ११ बजेर ७ मिनेटमा सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । उनकाअनुसार चन्द्रग्रहण राति एक बजेर चार मिनेटमा सकिने छ ।

राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । १ बजेर ४ मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनुभयो । १ घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ ।

यो चन्द्रग्रहण नेपालसहित दक्षिण र पूर्वी एशियाका देशमा तथा अष्ट्रेलिया, अफ्रिका र सम्पूर्ण यूरोपबाट देख्न सकिन्छ ।

चन्द्रग्रहण राति ११ बजेर ७ मिनेटमा सुरु भए पनि दिउँसो २ बजेदेखि नै कुनै पनि भोजन गर्न नहुने समितिका अध्यक्ष प्रा.डा. गौतमले बताए । तर, बालक, जेष्ठ नागरिक र बिरामीलाई भने भोजन बर्जित हुनेछैन ।

 

चन्द्र ग्रहण कुनै राशीकाे लागि शुभ हुन्छ भने कुनैकाे लागि अशुभ मानिन्छ ।

 

मकर राशीका व्यक्तिले यो चन्द्रग्रहण अवलोकन गर्नु घातक हुन्छ । मकर, कन्या र वृष राशीकालाई पनि यो अशुभ छ । मेष, धनु र सिंह राशीकाले ग्रहण अवलोकन गर्दा शत्रुनाश हुन्छ । मिथुन, कुम्भ र तुला राशीलाई कार्यनाशको योग छ । मीन, कर्कट र वृश्चिक राशीकालाई यो ग्रहण शुभ छ ।

प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्