राजपाको कन्द्रीय कमिटी बैठक आज पनि बस्दै, नयाँ निर्णय लिने


 



काठमाडौं, साउन २३
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कमिटि बैठक आज पनि बस्दैछ । हिजोको वैठकमा नेताहरुले बोल्ने क्रम नसकिएपछि आज पुन बैठक बस्न लागेको हो ।

बैठकमा विभिन्न समुह वनाई समूहगत धारणा माथी छलफल गर्नेक्रम जारी छ । पदाधिकारी बैठकमा आगामी असोज २ हुने प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा सहभागी हुने वा नहुने विषयमा निर्णय हुन सकेको थिएन ।

आजको बैठकले त्यो विषयमा निर्णय गर्ने महासचिव मनिषकुमार सुमनले जानकारी दिए । सो विषयमा पदाधिकारीहरुको मत बाँझिएको छ ।

साथै बैठकले पार्टीको आगामी रणनीति तय गर्नुका साथै विधान संसोधनलगायतका विविध राजनैतिक विषयमा छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्