तराईका २० जिल्लामा आज सार्वजनिक विदा, कहाँ कहाँ हुँदैछ ?


 



काठमाडौं, साउन २३

सरकारले आज तराईका २० जिल्लामा सार्वजनिक विदा दिएको छ । साउन शुक्ल पूर्णिमामा रक्षाबन्धन पर्व मनाउने भन्दै सरकारले सार्वजनिक विदा दिएको हो ।

आज चन्द्रग्रहण लाग्ने भन्दै यसअघि नागपञ्चमीकै तथा न रक्षाबन्दन मनाइएपनि तराईका केही जिल्लामा शुक्ल पूर्णिमाकै दिन मनाउने भनेपछि सरकारले आज बिदा दिएको हो ।

धेरैजसो मधेसी समुदायले भने नागपञ्चमीको दिन जनैपूर्णिमा र रक्षाबन्धन पर्व नमनाउने घोषणा गरेका थिए ।
गृहमन्त्रालयले सूचना निकालेर तराई मधेसका झापा, सुनसरी, सप्तरी, सिरहा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कञ्चनपुर र उदयपुर जिल्लामा सार्वजनिक विदा दिइएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्