रसुवामा पहिरोले अाठ घर पुरिए, चार जना वेपत्ता


 


रसुवा, साउन २३
रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा आइतबार राति भीषण पहिरोमा परि आठ घर पुरिएका छन् ।

राति करिब ११ बजेको समयमा आएको पहिरोले पूर्ण रुपमा पुरिएको एक घरमा रहेका चारै जना बेपत्ता भएका छन् । अन्य घरहरुमा रहेका मानिसहरुमध्ये चार जना घाइते भएको रसुवाका प्रमुख जिल्ला अधिकारी स्मिता पौडलले देशको न्युजलाई जानकारी दिइन् ।

उनका अनुसार एक जनाको अवस्था गम्भीर छ । पहिरोमा परि ७५ वर्षीय धर्मबहादुर थापामगर, उनकी २८ वर्षीया बुहारी मुना थापामगर, चार वर्षीया नातिनी रबिना थापामगर र उनकाे घरमा काम गर्ने ७८ वर्षीय भक्तबहादुर नगरकोटी बेपत्ता भएका छन् ।

उनीहरुको खाजी कार्य जारी रहेकोे छ। पहिरो गएपछि राति नै नुवाकोटको श्रीनाथ गणबाट २५ जना सेनाको टोली घटनास्थल पुगेर उद्धार कार्यमा खटिएको छ ।

सदरमुकाम धुन्चेबाट सशस्त्र र कालिकास्थानबाट सेनाको उद्धार टोली घटनास्थालमा गइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिइन् । उत्तरगया गाउँपालिका–४ पैरेबेसी नुवाकोट  जिल्लाकाे सीमाना नजिक पर्छ ।

प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्