कमल थापाको राप्रपा पशुपति शम्शेरले फुटाए, अब कुन नेता कता ?


 


काठमाडौं, साउन २२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटेको छ । कमल थापाले नेतृत्व गर्दे आएको राप्रपाबाट फुटेर पशुपतिशम्शेर राणा सहितका नेताहरुले आइतबार नयाँ पार्टी गठन गरेका हुन् ।

राणाको नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिइएको छ ।

नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे पनि छन् । उनीहरुसहित २२ सांसद तथा ७२ केन्द्रीय सदस्य रहेको बताएका छन् ।

१ सय ६३ जना केन्द्रीय सदस्य रहेको राप्रपामा पार्टी फुटाउन ६६ जना सदस्य आवश्यक थियो । २४ सांसद रहेको राप्रपा नेपाल र १३ सांसद रहेको राप्रपाबीच गत मंसिर ६ गते पार्टी एकता घोषणा भएको थियो ।

देउवा सरकारमा जाने कि नजाने भन्ने विषयमा विवाद बढेपछि राणाले नयाँ पार्टी खोलेका हुन् ।

प्रकाशित मिति: २२ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्