धनगढी उपमहानगरपालिकाको बजेट एक अर्ब १४ करोड


 


धनगढी, साउन २२
प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका कैलालीको धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७४÷०७५ का लागि एक अर्ब १४ करोडको बजेट सार्वजनिक गरेको छ ।

प्रथम नगरसभा अधिवेशन मार्फत उपमहानगरपालिकाका प्रमुख नृप ओडले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरे । धनगढीको चालू आर्थिक वर्षको अनुमानित आयव्यय बजेट एक अर्ब १४ करोड ४९ लाख ५९ हजार बजेट सार्वजनिक गरिएकाे छ ।

जनप्रतिनिधि आइसकेपछि प्रथम पटक भएको नगरसभामार्फत प्रस्तुत भएको बजेट, नीति तथा कार्यक्रम विगतभन्दा केहि विकासमुखी देखिएको छ ।

२५ करोड ५५ लाख ७५ हजार रुपैयाँ चालू खर्चका लागि छुट्टयाएको उपमहानगरपालिकाले पूँजीगत अर्थात विकास बजेट ८८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बजेट छुट्टयाएको छ ।

 

प्रकाशित मिति: २२ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्