अन्तत : रेणुले देवीलाई पछि पारिन, कति आयो मत ?


 


काठमाडौं, साउन २१
निकै लामो अन्तरालपछि भरतपुर महानगरपालिकाको मेयर पदका एमाले उम्मेदवार देवी ज्ञवालीलाई कांग्रेस-माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालले पछि पारेकी छिन् ।

भरतपुर महानगरपालिका वडा नं २० को पछिल्लो दुई हजार मतगणना गर्दा ज्ञवालीलाई दाहालले ५७ मतले पछि पारेकी हुन् ।

दाहालले ४२५८९ मत ल्याएकी छिन् भने ज्ञवालीले ४२५३२ मत ल्याएका छन् । अन्तिम परिणाम आजै आउने बताइएको छ ।

प्रकाशित मिति: २१ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्