आफ्नै साथीको छोरा अपहरण गर्ने राजु विक पक्राउ


 



काठमाडौं, साउन २१

आफ्नै साथीको छोरा अपहरण गरेर फिरौती माग्ने राजु विक पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले विकलाई पक्राउ गरेको हो।

प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर राजुसँगै अपहरणमा सहयोग गर्ने विष्णु पाण्डेलाई सार्वजनिक गरेको छ।

ललितपुर कुसुन्तीमा डेरामा बस्दै आएका उनले आफ्नै साथी क्षेत्रपाटीमा हार्डवयेर व्यवसाय गर्ने अजय चौधरीका साढे ५ वर्षका छोरा विशालको अपहरण गरेका थिए।

बालक अपहरण गरि उनले ५० लाख फिरौती मागेका थिए । विकसहित अपरहणमा सम्लग्न ४ जनालाई पक्राउ गरेको प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले बालकको खोजी सुरु गरेपछि उनीहरुले बालकलाई भने सोमबार काडाँघारीबाट छाडेका थिए।

प्रकाशित मिति: २१ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्