भरतपुर-१९ मा काँग्रेसको प्यानलै विजयी, मेयरमा कसको कति ?


 



काठमाडौं, २१ साउन 

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा नेपाली काँग्रेस विजयी भएको छ ।

पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १९ को वडा अध्यक्षमा काँग्रेसका काँग्रेसका कर्णवहादुर गुरुङ प्यानलैसहित विजयी भएका हुन् ।

मेयरमा भने याे वडामा एमालेका देवी ज्ञवालीकाे अग्रता कायमै छ । याे वडाको मतगणना सम्पन्न हुँदा एमालेका उम्मेदवार देवी ज्ञवाली २२१ मतले अगाडि छन्।

उनले ४१ हजार ९४६ मत ल्याएका छन् भने माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनकी उम्मेवार रेणु दाहालले ४१ हजार ७२५ मत पाएकी छन्।  यहाँ २ हजार ८६४ मत खसेकोमा २८ मत बदर भएको छ।

अब वडा नम्बर २० को मतगणना सुरु हुँदैछ । यो वडामा ३ हजार ३०२ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २१ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्