जीप दुर्घटनामा ज्यान गुमाउने चालकबाहेक सबै एकै गाउँका, शोकमा डुब्यो बस्ती


 



डोटी, साउन २१
शुक्रबार राति डोटीको बोगटान गाउँपालिका–६ गुगडामा भएको जीप दुर्घटनामा ज्याउन गुमाउने ९ जनामध्ये ८ आठ जना एकै गाउँका रहेका छन् ।

गाउपालिकाको वडा नम्बर १ सिमचौरको चपरतोलाका ८ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन् । दुर्घटनापछि अहिले गाउँ नै शोकमा डुबेको छ । गाउँभरी रुवाबासी चलेको छ ।

यहाँका पुन मगर र घर्ती मगर परिवारका ८ जनाको मृत्यु भएको छ । एकै टोलका ८ जनाको मृत्यु हुँदा सिंगै गाउँ स्तब्ध भएको बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए।

सिमचौरका ३५ वर्षीय विष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्तीमगर, ५० वर्षीय बुढो घर्ती मगर, ४५ वर्षीय गोरख थापा, ४८ वर्षीय शशीरामबहादुर पुनमगर, ४५ वर्षीय ललितादेवी पुन, ४० वर्षीय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्तीमगरको मृत्यु भएको हो।

यही गाउँमा चार जना गम्भीर घाइते समेत भएका छन् । दुर्घटनामा दलबहादुर पुनमगर, हर्कबहादुर पुनमगर, वीरबहादुर घर्तीमगर र प्रकाश घर्तीमगर गम्भीर घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि सदरमुकामनजिकैको सुजङ अस्पताल लगिएको छ।

त्यसबाहेक दुर्घटनामा जिपचालक शिखर नगरपालिका १–कपल्लेकीका २८ वर्षीय कृष्णबहादुर नेगीको मृत्यु भएको छ ।

 

शुक्रबारराति शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप दुर्घटनामा परेको हो।

प्रकाशित मिति: २१ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्