भरतपुरको पछिल्लो मतपरिणाम : रेणुले मतान्तर छोट्याइन्


 



भरतपुर, साउन २१

भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्बर १९ मा भएको पुनः मतदानमा खसेको मत मध्ये १ हजार ६०० मत गणना भएको छ ।

पछिल्लो मत परिणाम अनुसार माओबादी केन्द्रका रेणु दाहालले मतान्तर छोट्याउँदै गएकी छन् ।

एमालेका देबी ज्ञवाली माओबादी केन्द्रकी रेणु भन्दा ५ सय १२ मतले अगाडि छन्। देबीले उनले ४१ हजार ५ सय ४३ मत प्राप्त गरेका छन् भने रेणुले ४१ हजार ३१ मत पाएकी छन्। यसअघिको मतपरिणाममा १ हजार १४३ को मतान्तर थियो ।

उक्त वडामा शुक्रबार पुनः मतदान भएको थियो। पहिलो चरण निर्वाचनको मतगणनामा मतपत्र च्यातिएपछि निर्वाचन आयोग र अदालतले त्यहाँ पुन मतदान भएको हो।

भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता मध्ये २ हजार ८ सय ७० मत खसेको छ। पहिलो चरणको निर्वाचनमा भन्दा २७ मत कम खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २१ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्