लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री कार्कीलाई जिम्मेवारी


 


काठमाडौँ, साउन २०

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारीसमेत तोक्नुभएको छ ।

उहाँले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ बमोजिम अर्थमन्त्री कार्कीलाई उपाध्यक्षको जिम्मेवारी तोक्नुभएको हो । लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था छ ।

प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्