विदेशमा मृत्यु भएका कामदारका छोराछोरीले पाए छात्रवृत्ति


 


 

रुकुम, साउन २०

रुकुमबाट वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन्।

श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले त्यस्ता बालबालिकाका लागि छात्रबृत्ति रकम पठाएको छ।

यहाँका १४ जना छात्रछात्रालाई छात्रवृत्तिबापत रु एक लाख १६ हजारको चेक जिल्ला शिक्षा कार्यालयमा आएको सूचना अधिकारी लालबहादुर घर्तीले बताए। एकजना उच्च माध्यमिकमा पढ्ने र १३ जना १ देखि १० कक्षासम्म पढ्ने छात्रछात्रालई उक्त छात्रवृत्ति प्रदान गरिने उनले बताए।

सूचना अधिकारी घर्तीका अनुसार उच्च शिक्षा पढ्नेले रु १२ हजार नगद छात्रवृत्ति पाउनेछन् भने अरू १३ जनाले रु आठ हजारका दरले छात्रवृत्ति पाउनेछन्। छात्रवृत्ति पाउनेमा १० छात्रा छन् भने चार छात्र रहेको बताइएको छ।

छात्रवृत्ति पाउने सबै रोजगारीका क्रममा विदेश गएर उतै मृत्यु भएकाका छोराछोरी हुन्। छात्रवृत्ति पाउने विद्यार्थीको नाम संकलन लगायतका निर्णय भइसकेकाले अबको केही दिनमा छात्रवृत्ति प्रदान गरिने शिक्षा कार्यालयले बताएको छ। यसरी वैदेशिक रोजगारीको सिलसिलामा तेस्रो मुलकमा गएर मृत्यु भएकाका छोराछोरीलाई छात्रवृत्ति आएको यो पहिलो पटक भएको घर्तीले बताए। रासस

प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्