आज चार सय घट्यो सुनको भाउ


 


काठमाडौं, साउन १९
आज प्रतितोला सुनको भाउ चार सय रुपैयाँले घटेको छ । आज सुन ५४ हजार दुई सय प्रतितोला किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन प्रतितोला ५४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै चाँदी पनि आज प्रतितोला १० रुपैयाँले घटेर ७ सय ३० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्