मन्त्रिपरिषदद्वारा ११ डिआईजी एआईजीमा बढुवा


 



काठमाडौं, साउन १९
आज विहान बसेको मन्त्रिपरिषदको बैठकले ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ।

बढुवा समितिले यसअघि गरेको सिफारिसका आधारमा मन्त्रिपरिषदको बैठकले १२ जनालाई एआइजीमा बढुवा गरेको हो।

एआईजीमा बढुवा हुनेमा एक नम्बरमा बमबहादुर भण्डारी, दोस्रो नम्बरमा जयबहादुर चन्द र तेस्रो नम्बरमा देवेन्द्र सुवेदी छन् ।

बढुवा हुनेमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन् ।

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्