राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले नियुक्त


 



काठमाडौं, साउन १९
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा.स्वर्णिम वाग्लेलाई नियुक्त भएका छन् । विहीबार बसेको मन्त्रिपरिषदको बैठकले वाग्लेलाई उपाध्यक्षमा नियुक्त गरेको हो।

यसअघि २०७२ मा सुशील कोइराला र अघिल्लो सरकारको पालामा पनि वाग्लेले आयोगको सदस्यको रुपमा काम गरेका थिए । अायोगको उपाध्यक्ष सरकारको आर्थिक तथा विकास सल्लाहकारको भूमिकामा रहन्छ ।

आयोगको उपाध्यक्षमा नियुक्त भएपछि वाग्लेले योजना आयोगको सुधार, आर्थिक विकासको ठोस योजना बनाउने दायित्व निश्पक्ष र कुशलतापूर्वक पूरा गर्ने बताएका छन् ।

एनले अष्टे«लियाको अष्टिे«लियन नेस्नल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् भने अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तराष्ट्रिय विकासमा स्नातकोत्तर र वेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन् ।

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्