सुनको मूल्य घट्यो, कतिमा झर्यो ?


 



काठमाडौं, साउन १८
सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि पाँच रुपैयाँले गिरावट आएको छ । आज चाँदी प्रतितोला ७ सय ४० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ७ सय ४५ रपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको ।

प्रकाशित मिति: १८ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्