उपत्यकाका चार ठाउँमा नि:शुल्क वाइफाई ! कहाँ-कहाँ छ सुविधा ?


 


काठमाडौं, साउन १८

मुलुकभरको सार्वजनिक स्थलमा नि:शुल्क वाइफाइ चलाउने योजना बनाएको नेपाल टेलिकमले हाल उपत्यकाको चार ठाउँमा यो सेवा सुरु गरेको छ ।

धेरै भिडभाड हुने र उपभोक्ताको आवश्यकता धेरै पर्ने मुलुकभरका सार्वजनिक ठाउँमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने उदेश्य अनुरुप टेलिकमले यो थालनी गरेको हाे । आजको नागरिकमा खबर छ ।

टेलिकमले हाल अन्तराष्ट्रिय विमानस्थल, बीर अस्पताल, शिक्षण अस्पताल र नर्भिक अस्पतालमा नि:शुल्क वाइफाई उपलब्ध गराएको छ । वाइफाइको सुविधा लिन नेपाल टेलिकमकै सीम प्रयोग गर्नुपर्छ ।

प्रकाशित मिति: १८ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्