कसरी पोसिन्छ कार्यकर्तालाई रकम ? यस्तो छ दलहरुको अस्त्र
काठमाडौं, साउन १८
गरिब असहायलाई उपचार खर्च उपलब्ध गराउन सुरु गरिएको आर्थिक सहायता वितरण अहिले राजनीतिक दलका कार्यकर्ता पोस्ने गतिलो अस्त्र बनेको छ ।
त्यस्तै शान्ति सुरक्षा व्यवस्थापनका लागि छुट्याइएको रकम पनि यसैगरि दुरुपयोग भइरहेको छ । आजको नागरिकमा खबर छ ।
पूर्वसचिव द्धारिकानाथ ढुंगेल लोककल्याणकारी राज्यको मान्यताअनुरुप अप्ठेरो स्थितिमा परेकालाई गृह मन्त्रालय र मातहत निकायबाट आर्थिक सहायता दिने र शान्तिसुरक्षा व्यवस्थापनका लागि केही बजेट छुट्याएर खर्च गर्ने गरिएकोमा अहिले त्यो शिर्षकको रकम दलका कार्यकर्ता पोस्ने र मतदाता प्रभावित पार्ने काममा दुरुपयोग भइरहेको बताउँछन् ।
प्रकाशित मिति: १८ श्रावण २०७४, बुधबार