सेयर बजार ७ अंकले बृद्धि, कसले कति कमाए ?


 



काठमाडौं, साउन १७

साताको तेस्रो दिन मंगलबार सेयर बजार ७ अंकले बढेको छ । नेप्से परिसूचक ७.५६ अंकले बढेर १६६०.२५ अंकमा पुगेको छ ।

होटल र बीमा क्रमशः ३.१२ र ४१.६२ अंकले घटेका छन् भने बाँकी सबै समूह बढेका छन् । परिसूचक बढे पनि कारोबार रकम सोमबारको तुलनामा खासै बढेको छैन ।

दिनभरिमा १५८ वटा कम्पनीको २१ लाख २१ हजार दुई सय ३८ कित्ता सेयर नौ हजार तीन सय ४० पटक खरिदविक्री हुँदा एक अर्ब चार करोड ५८ लाख ९२ हजार सात सय ३८ रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल ग्रामीण विकास बैंकको सात करोड १० लाखमाथिको कारोबार भएको छ । ओरियन्टल होटल्सको झन्डै चार करोडको कारोबार भएको छ भने मुक्तिनाथ विकास बैंक र प्रभु बैंकको पनि तीन करोडमाथिको कारोबार भएको छ ।

नेपाल लाइफ, डिप्रोक्स डेभलपमेन्ट बैंक, रुरल माइक्रोफाइनान्स, छिमेक लघुवित्त, प्रभु इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स लगायतको दुई करोडमाथिको कारोबार भएको छ ।

नेशनल माइक्रोफाइनान्स र मिर्मिरे माइक्रोफाइनान्सका सेयर धनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । त्यस्तै, हिमालयन डिस्टीलरी, कुबेर मर्चेन्ट फाइनान्स, जानकी फाइनान्स र जनउत्थान सामुदायिक लघुवित्तका सेयर धनीले क्रमशः ९.९६, ९.९५, ९.९३ र ९.५७ प्रतिशतले कमाएका छन् ।

प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्