नयाँ शक्ति विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन भदौमा


 



काठमाडौं, साउन १७

नयाँ शक्ति पार्टी निकट विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनले प्रथम राष्ट्रिय सम्मेलन आगामी भदौमा गर्ने भएको छ ।

युनियनले सम्मेलन आगामी भदौ २३, २४ र २५ गते काठमाडौंमा आयोजना गर्ने जनाएको हो । युनियनको हालै काठमाडौंमा सम्पन्न सचिवालय बैठकले आगामी भदौमा सम्मेलन गर्ने निर्णय गरेको हो ।

सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न अाज आयोजित पत्रकार सम्मेलनमा युनियनका संयोजक रमेश कुमार महतोले हाल विद्यमान केन्द्रीय समितिलाई राष्ट्रिय सम्मेलन मूल आयोजक समितिमा रुपान्तरित गरेर सम्मेलनको मिति तय गरेको बताए ।

त्यस्तै देशको समसामयिक विषयमा युनियनले ध्यानाकर्षण गर्दै मेडिकल शिक्षामा ब्याप्त माफियाकरणको विरुद्धमा डा.गोविन्द केसीले गरेको अनसन, आन्दोलनलाई पूर्ण समर्थन गर्दै, डा. केसीका जायज मागहरुलाई सम्बोधन गरी उहाँको जीवन रक्षाको माग गरेको छ ।

युनयिनले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको बुढीगण्डकी आयोजना निर्माणका लागि चीनको गेजुवा कम्पनीसँग गरिएको सम्झौता राष्ट्रको हित विपरित भएकोले तत्काल खारेज गरी उक्त आयोजना नेपाली जनताको आफ्नै लगानीमा सम्पन्न गर्नसमेत माग गरेको छ ।

प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्