सुनको मूल्य बढ्यो, कति छ आज ?


 



काठमाडौं, साउन १७
नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५४ हजार ८ यस रुपैयाँ पुगेको छ । हिजो (सोमबार) सुन प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्