नियुक्तिको १० दिन नपुग्दै ट्रम्पका सञ्चार प्रमुख बर्खास्त


 


काठमाडौं, साउन १७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सञ्चार निर्देशक एन्टनी स्कारामुचीलाई बर्खास्त गरेका छन् ।

नियुक्ति दिएको दश दिन नपुग्दै ट्रम्पले सञ्चार निर्देशकलाई बर्खास्त गरेपछि ह्वाइट हाउसमा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ।

स्कारामुचीले हालै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा राखेका धारणाहरु राष्ट्रपति ट्रम्पलाई अनुपयुक्त लागेको बताइएको छ।
एक जना धनी वित्तीय लगानीकर्ता रहेका स्कारामुचीले केही दिन पहिले पदबाट हटाइएका चिफ अफ स्टाफ राइन्स प्रिबसविरुद्ध अशिष्ट भाषामा आक्रोश पोखेका थिए।

ह्वाइट हाउसकी प्रेस सचिव सारा हकाबी स्यानडर्सले अब राष्ट्रपति कार्यालयका सबै कर्मचारीले नयाँ चिफ अफ स्टाफ जन केलीलाई सिधै प्रतिवेदन बुझाउनुपर्ने बताइन्।

प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्