विदेशमा मृत्यु भए अब सात लाख
काठमाडौं, साउन १७
श्रम स्वीकृति लिएर विदेसिएका कामदारको विदेश वा करार अवधिभित्र स्वदेशमै ज्यान गएको खण्डमा तिनका निकट आफन्तले अबदेखि साता लाख रुपैयाँ राहत पाउने भएका छन् ।
तीन लाख रहेको राहत रकम बढाएर सात लाख रुपैयाँ पुर्याइएको हो । आजको नागरिकमा खबर छ ।
मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार नियमावली संशोधन गरेपछि पीडितका परिवारले पाउने राहत रकम बढेको हो ।
प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलबार