स्वाइनफ्लुबाट तीनको मृत्यु : बिरामीहरु आत्तिन थाले, सरकार बेखबर 


 


काठमाडौं, साउन १६

काठमाडौंमा स्वाईफ्लुको संक्रमणबाट तीन जनाको मृत्यु हुनुको साथै दर्जनौं बिरामी अस्पतालमा भर्ना भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

छिटो र छरितो उपचार पाउने आशमा काठमाडौंका नाम चलेका निजी अस्पतालका साथै सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले नेपालमा जुन महिनाको अन्तदेखिनै स्वाइनफ्लु सुरु भएको बताए । उनले रोग फैलिन्छ भन्ने विषयमा सरकारलाई जानकारी भएपनि खासै चाँसाे निदएको बताए ।

“गम्भीर रुपमा नलिएका कारण विरामी मर्नुपर्ने अवस्थामा पुगेका छन्”, उनले भने, “अहिले पनि सरकारले खासै नीति बनाएर जनचेतना र सुरक्षा अपनाएको पाइँदैन।”

उनकाअनुसार स्वाइनफ्लुका कारण बिरामी मृत्यु हुन थालेपछि यतिबेला अस्पतालमा भर्ना भएका र परीक्षणका लागि आएका बिरामीहरु आत्तिन थालेका छन् ।

प्रकाशित मिति: १६ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्