डा. केसी र सरकारी पक्षबीचको तेस्रो वार्तापनि निष्कर्षविहीन


 


काठमाडौं, साउन १५

चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनसनरत डाक्टर गोविन्द केसी र सरकारी पक्षबीचको आज तेस्रो दिन भएको वार्तापनि निष्कषविहीन भएको छ ।

मुख्य माग दीर्घकालिन रुपमा अन्त्य गर्ने विषयमा छलफल हुन नसक्दा तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष टुंगिएको केसीका तर्फबाट वार्ता टोलीका सदस्य डाक्टर वाईपी सिंहले जानकारी दिए ।

उनले सोमबार पुनः फेरि वार्ता हुने बताए । डा. केसीको ११ औं पटकको अनसनको आज सातौं दिन हो । सातौं दिनमा पुग्दा उनको स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति: १५ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्