सुनको मूल्य बढ्यो, कति छ आज ?


 


काठमाडौं, साउन १५
आज सुनको मूल्य एकै दिन तोलामा ४ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५४ हजार ८ सय रुपैयाँ पुगेको छ । शनिबारसम्म सुन तोलाको ५४ हजार ४ सय रुपैयाँ कायम थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्