सेनामा कार्यरत महिला जंगलमा मृत अवस्थामा फेला


 



बनेपा, साउन १५

नेपाली सेनामा कार्यरत एक सिपाही शनिबार मृतावस्थामा फेला परेकी छिन्।

काभ्रेपलाञ्चोकको बनेपा–१० जनागालस्थित मामाघरदेखि झण्डै ४०० मिटर टाढाको जंगलमा २२ वर्षीया विमला भट्टराई मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।

काठमाडौँको सुन्दरीजलमा नेपाली सेनामा कार्यरत भट्टराई विवाह भएको तीन महिनापछि नै श्रीमानसँग भिन्न भएर बस्दै आएको प्रहरीले जनाएको छ।

शरीरमा कुनै चोटपटक नदेखिएको र गहना पनि लगाएको अवस्था शव फेला परेको प्रनाउ राईले बताए।

शनिबार बिहानैदेखि उनी हराएको र बेलुका ५ बजे शव फेला परेको बताउँदै अनुसन्धानपछि वास्तविकता खुल्ने उनले बताए। उनी बिहीबार मामाघर आएकी थिइन्। रासस

प्रकाशित मिति: १५ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्