आज अन्तिम फैसला, पाउँछ त सहज निकास ?


 



काठमाडौं, साउन १५
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा सर्बोच्चमा परेको रिटमाथि आज अन्तिम फैसला हुँदैछ ।

यसअघि पटक पटक सर्दै र हेर्दाहेर्दैमा रहेको मुद्दाको अन्तिम फैसाला कसको पक्षमा जान्छ भन्ने चाँसोको विषय बनेको छ ।

न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा मुद्धा हेर्दाहेर्दैमा सुनुवाइ भइरहेको छ। आज निवेदकका तर्फबाट जवाफ प्राप्त भएपछि बहस सकिनेछ भने अदालतले अन्तिम फैसला गर्नेछ ।

जेठ १४ गते मध्यरातमा मतगणना स्थलमा माओवादी केन्द्रका कार्यकर्ताद्धारा मतपत्र च्यातिएपछि भरतपुरको मतगणना स्थगित भएको थियो ।

निर्वाचन आयोगद्वारा भरतपुर १९ मा पुनः मतदान गर्ने निर्णय भएपछि एमालेका भरतपुर १९ का वडा सदस्यका उम्मेदवार समेत रहेका गुन्जमान बिकद्वारा आयोगको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिट दायरपछि सर्बोच्चले निर्वाचन आयोगलाई निर्णय कार्यान्वयन नगर्न अन्तरकालिन आदेश दिएको थियो ।

संयुक्त इजलासका न्यायाधीशबीच राय नमिलेको अवस्थामा बाहेक भरतपुर प्रकरणले निकास पाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १५ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्