कांग्रेसमा पूर्वमन्त्रीसहित ६ जनालाई कार्बाही गर्न सिफारिस


 



कैलाली, साउन १५
कांग्रेस गोदावरी नगर समिति कैलालीले पूर्व वन राज्यमन्त्री तथा सांसद दिर्घराज भाटसहित ६ जना नेता तथा कार्यकर्तालाई कारबाही गर्न जिल्ला समितिलाई सिफारिस गरेको छ ।

गुटबन्दी गरेर पार्टीलाई कमजोर पार्न खोजेको भन्दै उनीसहित महाधिवेशन प्रतिनिधि उत्तम कठायत र रामचन्द्र ओझा, जिल्ला कमिटी सदस्य बसन्त रोकाया, किसान संघका जिल्ला अध्यक्ष टीकादत्त जोशी र पूर्वक्षेत्रीय सदस्य धनीराम पनेरुलाई साधारण सदस्य नरहने गरी कारवाही गर्न सिफरिस गरेको हो ।

भाट अघिल्लो प्रचण्ड सरकारका वन राज्यमन्त्री हुन् । स्थानीय चुनावमा उनको क्षेत्र गोदावरी नगरपालिकामा कांग्रेस पराजित भएपछि उनीमाथि गटबन्दी गरेर पार्टीलाई कमजोर पार्न खोजिएको आरोप लगाइएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्