शाहिद खाकान अब्बासी पाकिस्तानको अन्तरिम प्रधानमन्त्री!


 


इस्लामाबाद, साउन १५

पाकिस्तानका पूर्व पेट्रोलियम तथा प्राकृतिक संसाधनमन्त्री शाहिद खाकान अब्बासी देशको अन्तरिम प्रधानमन्त्री हुने भएका छन्। पाकिस्तानी मिडियाका अनुसार उनी ४५ दिनसम्म यो प्रधानमन्त्रीको पदमा रहने छन्।

पानामा पेपर्स सार्वजनिक भएपछि अकूत सम्पत्ति जोडेको आरोपमा पाकिस्तानको सर्वोच्च अदालतले नवाज सरिफलाई प्रधानमन्त्रीका लागि अयोग्य ठहर गरेको थियो। उनले आफ्नो स्थानमा भाइ शहबाज शरीफलाई प्रधानमन्त्री बनाउन खोजेका थिए। तर, शहबाज तल्लो सदनको सदस्य नभएका कारण तत्काल उनलाई प्रधानमन्त्री बनाउने नवाज शरीफको योजना केही टाढा सरेको हो।

पाकिस्तानमा तल्लो सदनको सदस्य नभई प्रधानमन्त्री बन्न नपाउने नियम छ। शहबाजलाई तल्लो सदनको सदस्य बनाउने प्रक्रियाले अन्तिम रुप नलिएसम्म अब्बासीले अन्तरिम कार्यकाल पुरा गर्नेछन् ।- एजेन्सी

प्रकाशित मिति: १५ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्