अमेरिकी प्रतिबंधको बदलामा उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण


 


काठमाडौं , साउन १४

अमेरिकी प्रतिबंधको बदलामा उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । जापान र दक्षिण कोरियाका सञ्चारमाध्यमहरुले क्षेप्यास्त्र जापानी समुद्री क्षेत्रमा खसेको ठानिएको जनाएका छन्।

जापानी राष्ट्रिय प्रसारण संस्था एनएचकेका अनुसार, जुलाईको शुरुवातमा प्योङ्याङ्ले आफूले एउटा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको थियो।

पछिल्लो क्षेप्यास्त्रले कति परसम्म मार हान्न सक्छ भन्ने प्रष्ट भइसकेको छैन। उत्तर कोरियाको अन्तरमहादेशीय क्षेप्यास्त्रको क्षमताबारे फरक मत छन्। केही विज्ञले उक्त क्षेप्यास्त्र अमेरिकाको अलास्कासम्म पुग्नसक्ने बताएका छन्।

पछिल्लो परीक्षण सन् २०१७ मा उत्तर कोरियाले गरेको १४ औं क्षेप्यास्त्र परीक्षण हो। दक्षिण कोरियाका राष्ट्रपतिले आपतकालीन सुरक्षा बैठक डाकेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रकाशित मिति: १४ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्