स्थानीय तहलाई पेल्दै सिंहदरबार, द्वन्द्व सुरु


 


काठमाडौं, साउन १४

स्थानीय तहमा जनप्रतिनिधि बहाल भएको दुई महिना नबित्दै केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द्व बढ्दै गएको पाइएको छ ।  आजको नेपाल समाचारपत्रमा खबर छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा एकपछि अर्को गर्दै निर्देशन र परिपत्र पठाइरहेको पृष्ठभूमिमा केन्द्र र स्थानीय तहबीच द्वन्द्व बढेको हो । जनप्रतिनिधिहरुले मन्त्रालयको आदेशले स्थानीय तहलाई पंगु बनाएको बताएका छन् ।

स्थानीय तहका जनप्रतिनिधिले संविधानले दिएको अधिकारमा मन्त्रालयले हस्तक्षेप गरेको आरोप लगाएका छन् । मन्त्रानलयले भने केही स्थानीय तह गलत बाटो हिँड्न लागेको भन्दै अधिकार क्षेत्रभन्दा बाहिर नजान सुझाव मात्र दिएको बताएका छन् ।

प्रकाशित मिति: १४ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्